वामदेव गौतम र विष्णु पौडेलबीच चार घण्टा छलफल, के भयो कुराकानी ?

सफल खबर संवाददाता

सोमबार, ३१ जेठ २०७८, १५ : ०८
वामदेव गौतम र विष्णु पौडेलबीच चार घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेलबीच लामो भेटवार्ता भएको छ । गौतमलाई भेट्न पौडेल सोमबार बिहान नौ बजे गौतम निवास पुगेका थिए । उनीहरुबीच नौ बजेदेखि १ बजेसम्म कुराकानी भएको बुझिएको छ ।

दुई नेताबीचको भेटवार्तालाई उपाध्यक्ष गौतमको सचिवालयले भने सामान्य कुराकानी भनेको छ ।

‘सामान्य कुराकानी भन्ने कुरा छ तर त्यसक्रममा पार्टी विवाद र एकताबारे कुराकानी हुनु स्वभाविक हो’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीको भनाइ छ ।

सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा ओली पक्ष अलमलमा परेको छ ।

त्यसका लागि ओलीले आफु निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस