प्राध्यापक डाक्टर कृष्णभाइ प्रधानद्वारा तामिनका ४६ घरधुरीलाई राहत

प्रकाश सिग्देल

आइतबार, ३० जेठ २०७८, १६ : ५३
प्राध्यापक डाक्टर कृष्णभाइ प्रधानद्वारा तामिनका ४६ घरधुरीलाई राहत

चितवन । अमेरिकामा रहेर पनि सामाजिक सेवामा सक्रिय प्राध्यापक डाक्टर कृष्णभाई प्रधानद्वारा चितवनको ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ तामिनका स्थानियलाई खाद्यान्न सहयोग भएको छ । चितवन स्थायी घर भई अमेरिकामा  बस्दै आएका प्राध्यापक डाक्टर प्रधानले तामिनका अति विपन्न ४६ घरधुरीलाई राहत सामाग्री सहयोग गरेका हुन् ।

देवघाट क्षेत्र विकास समितिका निर्वतमान अध्यक्ष टंकनाथ पौडेल र समाजसेवी प्रेमकुमार श्रेष्ठ मार्फत प्रधानले सो राहात सामाग्री विपन्नलाई उपलब्ध गराएका थिए ।तामिनको विपन्न, दलित र चेपाङ्ग वस्तीलाई लक्षित गरी एक महिनालाई पुग्ने चामल, दाल, खानेतेल, नुन वितरण गरिएको कार्यक्रमका प्रमुख अतिथि देवघाट क्षेत्र विकास समितिका निर्वतमान अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ (क) का कांँग्रेस सभापति पौडेलले बताए ।  

कोरोना कहरमा अधिकांश क्षेत्रमा राहत वितरण हुदै आएपनि त्यस क्षेत्रमा हालसम्म कसैको आंँखा नपरेको हुंँदा खाद्य सामाग्री वितरण गरिएको पौडेलको  भनाई छ ।विकट क्षेत्रको अवस्थाका बारेमा प्राध्यापक डाक्टर कृष्णभाई प्रधानलाई जानकारी गराएपछि उहाँले पठाएको पैसाबाट स्थानियलाई खाद्यान्न खरिद गरी उपलब्ध गराएको पौडेलले बताए ।

यस अघि प्रधानले मैयादेबी कन्या कलेजमा १ करोडको अक्षयकोष समेत स्थापना गरेका छन् । प्राध्यापक प्रधान लामो समय चितवनमा अध्यापन पेशामा संलग्न रहेका थिए । अमेरिकामा अध्यापनसंँगै समाजसेवामा सक्रिय प्राध्यापक डाक्टर प्रधानले गरेको यो सहयोग अतुलनीय रहेको पौडेलले बताए । कार्यक्रमका ईच्छाकामना गाउंँपालिकाका प्रमुख गीता कुमारी गुरुङले चितवनकै अति विकट गाउँको  विपन्न परिवारलाई चुल्हो बाल्न सहयोग पुर्याएको भन्दै सबैप्रति आभार प्रकट गरिन्  ।

समाजसेवी पौडेलकै सक्रियतामा यस क्षेत्रको बाटो निर्माण गर्न र हाल यस क्षेत्रमा विकासको काम अघि बढेको भन्दै गाउंँपालिका अध्यक्ष गुरुङ्गले पौडेलको प्रशंसा गरकी थिईन । यस क्षेत्रको विकासको लागि गाउंंँपालिकाले प्राथमिकता राखेको र क्रमशः यस गाउंँले मुहार फेर्दै गएको गुरुङ्गले बताईन  । कार्यक्रममा वडा अध्यक्ष मोदराज सिलवाल, मैयादेवी ट्रष्टका सचिव उज्ज्वल श्रेष्ठ लगायत स्थानिय र सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।
 

 

प्रतिक्रिया दिनुहोस