काठमाडौं । हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भूभाग सम्म मनसुनी वायुको प्रभाव रहनुका साथै बाँकी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूवर्वानुमान महाशाखाले जनाएको छ ।
जसको कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भइरहेको अवस्था छ ।
महाशाखाले आइतबार दिनभर भने देशभर सामान्य देखि पूर्ण बदली रहने पूर्वानुमान गर्दै धेरै स्थानहरुमा मेघगर्जन चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
यस्तै साँझ पनि मौमको अवस्था दिउँसोको जस्तै रहनेछ । महाशाखाले वर्षाका कारण बाढी पहिरो आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० जेठ २०७८, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा लगातार वर्षा
वर्षा र बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध
यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
वर्षाले नौ राजमार्ग अवरुद्ध
भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न
बितेको २४ घण्टामा यी स्थानमा भयो भारी वर्षा