हेटौंडा । बागमती प्रदेश सभामा नीति तथा कार्यक्रम पास गर्न केपी ओली र माधव नेपाल पक्षले सांसदहरुलाई संयुक्त निर्देशन गरेका छन् । अन्य प्रदेशमा माधव नेपाल पक्ष र केपी ओली पक्षबीच टकराव सिर्जना भए पनि बागमती प्रदेशमा भने नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का भएको छ ।
बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा नीति तथा कार्यक्रम पास गर्न पार्टीका प्रदेश सभा सांसदहरुलाई निर्देशन दिएका छन् । नेतृ अष्टलक्ष्मी शाक्य निकट प्रदेश सभा सदस्य मुनु सिग्देलले बागमतीको नीति तथा कार्यक्रम पास गर्न बहुमत सदस्य रहेको एमाले एक ढिक्का हुने बताइन् ।
बागमती प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न निर्देशन दिएको दलका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए । नीति तथा कार्यक्रम आज बागमती प्रदेशमा निर्णायर्थ पेश हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ जेठ २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट