एजेन्सी । केही समय अगाडी सम्म कोरोना संक्रमणको हटस्पट बनेको भारतमा अहिले दिनप्रति दिन नयाँ कोरोना संक्रमितको संख्या स्वात्तै घट्ने क्रम शुरु भएको छ । संक्रमितको संख्या घटेपनि मृत्युदर बने उकालो लागेको छ ।
बितेको २४ घण्टामा भारतमा ८४ हजार ३ सय ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो बितेका ७० दिन यताकै कम संख्या रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । संक्रमितको संख्या घटे पनि मृत्युदर भने फेरि उकालो लाग्दै सोही अवधिमा ४ हजार २ जना संक्रमितको मृत्यु भएको छ ।
यो अवधिमा १ लाख २१ हजार ३ सय ११ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म भारतमा २ करोड ९३ लाख ५९ हजार १ सय ५५ जना संक्रमित भएका छन्। ती मध्ये २ करोड ७९ लाख ११ हजार ३ सय ८४ जना संक्रमण मुक्त भएका छन्।
३ लाख ६७ हजार ८१ जनाले भने ज्यान गुमाएका छन्। अहिले भारतमा १० लाख ८० हजार भन्दा धेरे सक्रिय संक्रमित रहेका छन् । भारतले आफ्ना २४ करोड ९६ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २९ जेठ २०७८, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा