एजेन्सी । केही समय अगाडी सम्म कोरोना संक्रमणको हटस्पट बनेको भारतमा अहिले दिनप्रति दिन नयाँ कोरोना संक्रमितको संख्या स्वात्तै घट्ने क्रम शुरु भएको छ । संक्रमितको संख्या घटेपनि मृत्युदर बने उकालो लागेको छ ।
बितेको २४ घण्टामा भारतमा ८४ हजार ३ सय ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो बितेका ७० दिन यताकै कम संख्या रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । संक्रमितको संख्या घटे पनि मृत्युदर भने फेरि उकालो लाग्दै सोही अवधिमा ४ हजार २ जना संक्रमितको मृत्यु भएको छ ।
यो अवधिमा १ लाख २१ हजार ३ सय ११ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म भारतमा २ करोड ९३ लाख ५९ हजार १ सय ५५ जना संक्रमित भएका छन्। ती मध्ये २ करोड ७९ लाख ११ हजार ३ सय ८४ जना संक्रमण मुक्त भएका छन्।
३ लाख ६७ हजार ८१ जनाले भने ज्यान गुमाएका छन्। अहिले भारतमा १० लाख ८० हजार भन्दा धेरे सक्रिय संक्रमित रहेका छन् । भारतले आफ्ना २४ करोड ९६ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २९ जेठ २०७८, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर