गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार दाबीका लागि आह्वान भएको केही घण्टा पनि बित्न नपाउँदै विपक्षी गठबन्धन बहुमत सदस्यसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङ्गेको समर्थन लिएर प्रदेश प्रमुख कार्यालय पुगेको हो।
दिउँसो ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौड्लले संविधानको धारा ६८ (२)अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी थिइन्।उनले भोलि दिउँसोसम्मको समय दिए पनि तयारी अवस्थामा रहेका विपक्षी तत्कालै सरकार बनाउन अग्रसर भएका हुन्।
उक्त आह्वान भएको दुई घण्टाभित्र विपक्षी गठबन्धन ३१ सांसदको समर्थन लिएर गएको हो।६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ जनाको सर्थमन चाहिँ भए पनि मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले बिहीबार २७ मत मात्रै पाएर सदनको विश्वास गुमाएका थिए। उनको विपक्षमा ३० मत परेको थियो। मतदानमा मनाङ्गे अनुपस्थित भएका थिए। शुक्रबार मनाङ्गेसहितको समर्थन लिएर विपक्षी गठबन्धन सरकार बनाउन अघि बढेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल