पोखरा । गण्डकी प्रदेशका विपक्षी गठबन्धन नयाँ सरकार गठनको दाबी लिएर प्रदेश प्रमुखकहाँ सशरीर उपस्थित हुने भएका छन् । अबको केहीबेरपछि उनीहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी भइरहेको विपक्षी गठबन्धनका एक सांसदले जानकारी दिए ।
प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आह्वान गरेको केहीबेरपछि उनीहरु बहुमत सदस्यसहित उपस्थित हुन लागेका हुन् ।
विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती