छुटे गणेश लामा

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, १५ : ३०
छुटे गणेश लामा

पोखरा । पोखरा लेकसाइडबाट पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् ।

बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३ र ३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको हो । हालै प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका मनाङेलाई भेट्न आएका लामा निषेधाज्ञा उल्लंघनको आरोपमा प्रक्राउ परेका थिए ।

जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस