डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा कार दुर्घटना, चालकसहित चार जना घाइते
गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
सोलुखुम्बुमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते
चितवनमा बस र कार ठोकिँदा बसमा सवार १ महिलाको मृत्यु, ९ जना घाइते