हावाहुरीका कारण तीन लाखको क्षति

रासस

विहीबार, २७ जेठ २०७८, १२ : १२
हावाहुरीका कारण तीन लाखको क्षति

डोटी । केआइसिंह गाउँपालिका–७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षातसंगै हावाहुरीले लाखौँको क्षति पु¥याएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द्रको भवनमा क्षति पु¥याएको छ । उनका अनुसार हावाहुरीले विद्यालयको पर्खाल, छाना तथा ट्रष्ट उडाएको छ ।

हावाहुरीका कारण विद्यालय र शिशु स्याहार केन्द्रमा कम्तीमा पनि रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

यसैगरी हावाहुरीसँगै आएको असिनापानीका कारण किसानले फलाएका साग, तरकारी तथा मकै बालीमा पनि क्षति भएको स्थानीयवासी रमेशबहादुर बलायरले जानकारी दिए । हावाहुरीले मकै बाली तथा तरकारीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस