ओली र नेपाल समुहका दोश्रो तहका नेता बिच हिजो साँझ साढे ४ घंटा छलफल : सहमती नजुट्दा एकताको प्रयास असफल

सफल खबर संवाददाता

बुधबार, २६ जेठ २०७८, ११ : ०९
ओली र नेपाल समुहका दोश्रो तहका नेता बिच हिजो साँझ साढे ४ घंटा छलफल : सहमती नजुट्दा एकताको प्रयास असफल

फाइल फोटो

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच मंगलबार (हिजो) साढे चार घन्टा लामो वार्ता भएको छ ।

नेकपा एमालेको एकता बचाउने प्रयासका लागि सुरु भएको वार्ता बेलुकी ९ बजे सकिएको थियो । बैठकबाट बाहिरिने क्रममा नेता सुवास नेम्वाङले पार्टी एकताको लागि छलफल र वार्ता जारी रहेको बताएका छन् । 

‘पार्टी एकताको पक्षमा हामीबीच निरन्तर छलफल चलिरहेको छ। यो निरन्तर जारी रहन्छ। पार्टी एकतालाई जोगाउनुपर्छ भन्ने नै सबैको धारणा रहेको छ,’ उनले भने। एमाले एकता जोगाउन सक्रिय दोस्रो तहका नेताहरुकै सक्रियतामा वार्ता भएको हो।

वार्तामा ओली पक्षका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल सहभागी थिए। त्यस्तै, माधव नेपाल पक्षबाट  भीम आचार्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे सहभागी थिए ।

वार्तामा ओली पक्षले २०७५ जेठ ३ पूर्व फर्किने प्रतिवद्धता जनाए पनि सहमतिमा नआएको ओली पक्षले गुनासो गरेका थिए भने नेपाल पक्षका नेताहरुले भने अध्यक्ष ओलीको प्रस्तावमा थप प्रष्टता नभएका धारणा राखेका थिए । दुवै पक्षका नेताले भने पार्टी एकतालाई मुख्य कार्यभार बनाएर वार्ता गरेको बताए । 

प्रतिक्रिया दिनुहोस