एजेन्सी । कोरोनाको हटस्पट बनेको भारतमा लगातार दोस्रो दिन एक लाख भन्दा कम नयाँ कोरोना संक्रमित फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ९२ हजार ५ सय ९६ नयाँ संक्रमित फेला परेका छन्। यस्तै १ लाख ६२ हजार ६६४ जना संक्रमणमुक्त भएका छन् ।
२४ घण्टाको अवधिमा २ हजार २ सय १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अघिल्लो दिन भारतमा ८६ हजार ४ सय ९८ नयाँ संक्रमित फेला परेका थिए भने २ हजार १ सय २३ जना संक्रमितको मृत्यु भएको थियो। यस्तै १ लाख ८२ हजार २ सय ८२ जना संक्रमणमुक्त भएका थिए।
अहिलेसम्म भारतमा २ करोड ९० लाख ८९ हजार भन्दा धेरेलाई कोरोना संक्रमण भएको छ भने ती मध्ये २ करोड ७५ लाख ४ हजार भन्दा धेरै निको भैसकेका छन्।
हालसम्म संक्रमणका कारण ३ लाख ५३ हजार ५ सय २८ जना भारतीयले ज्यान गुमाएको सरकारी तथ्यांक छ। अहिले भारतमा १२ लाख ३१ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ जेठ २०७८, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डविरुद्ध भारत : ६ जना खेलाडी शून्यमा आउट हुँदा बने रोचक रेकर्ड
कप्तान गिलको शतकको सहयोगमा भारत बलियो
रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना