काठमाडौं । पसलको ताला फुटाई चोरी गर्ने सप्तरीका तीन आरोपितलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पसलमा जडित सिसी क्यामेराको फुटेजसमेतको आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका–५ का महेशकुमार यादव, वडा नम्बर–१ का २१ वर्षीय रामदास यादव र राजविराज नगरपालिका–६ का १९ वर्षीय सुभाष यादव पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।
सिसी क्यामेराबाट महेशको पहिचान भएपछि उनलाई घरबाटै पक्राउ गरी सोधपुछ गर्दा रामदास र सुभाष समेत चोरीमा संलग्न रहेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
गत आइतबार राजविराज–४ स्थित बजारमा रहेको राधेश्यामकुमार साहको मोवाइल पसलबाट मोबाइलहरु चोरी भएको थियो । बजारका दिलिप यादवको घरमा पसलसटर भाँडामा लिई साहले सञ्चालन गरेको मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल चोरी गरेको आरोपितहरुले स्विकारेको प्रहरीले जनाएको छ ।
सुभाषको घर खानतलासी गर्दा चोरीका १० थान मोबाइल समेत फेला परेको प्रनाउ काफ्लेले बताउनुभयो । प्रहरीका अनुसार रामदासले चलाउने सिटी रिक्सामा चढेर गएका उनीहरुले पसलको सटरको ताला फुटाई मोबाइलहरु चोरी गरेका थिए । सोही सिटी रिक्सामा राखेर ल्याएको मोबाइल सुभाषको कोठामा रहेको खाट मुनी लुकाएर राखेका थिए ।
प्रहरीले मोबाइलहरुसहित चोरीमा प्रयोग भएको सिटी रिक्सा समेत बरामद गरेको छ । चोरी मुद्दा कसुरमा उजुरी दर्ता गरी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २५ जेठ २०७८, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ