काठमाडौं । भारतमा कोरोना संक्रमणको दर घटेको छ । अघिल्लो २४ घण्टामा १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६३६ संक्रमित थपिएका छन् ।
संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा भारतमा २ हजार ४२७ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा २ हजार ६७७ कोरोना संक्रमितको मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए । भारतमा हालसम्म २ करोड ८९ लाख ९ हजार ९७५ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ४९ हजार १८६ संक्रमितको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ जेठ २०७८, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’