काठमाडौं । भारतमा कोरोना संक्रमणको दर घटेको छ । अघिल्लो २४ घण्टामा १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६३६ संक्रमित थपिएका छन् ।
संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा भारतमा २ हजार ४२७ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा २ हजार ६७७ कोरोना संक्रमितको मृत्यु भएको थियो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए । भारतमा हालसम्म २ करोड ८९ लाख ९ हजार ९७५ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ४९ हजार १८६ संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ जेठ २०७८, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित