स्थानीय तहले कृषि व्यवसायीकरणका लागि छरिएका स्रोत र साधनहरू एकीकृत गर्नुपर्छ : विज्ञ भण्डारी

सोमबार, २४ जेठ २०७८, १२ : २१
स्थानीय तहले कृषि व्यवसायीकरणका लागि छरिएका स्रोत र साधनहरू एकीकृत गर्नुपर्छ : विज्ञ भण्डारी

 

काठमाडौं । कृषिलाई नाफामूलक व्यवसायका रूपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजी क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरू आकर्षित हुन सकेका छैनन् । गुणस्तरीय कृषि उत्पादन सामग्रीहरूको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रीकरण अवलम्बन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक सिँचाइ, कृषि सडक, ग्रामीण विद्युतीकरण, कृषि उद्योगहरूसँगको समन्वयको अभाव रहँदै आएको तथा बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई व्यवसायका रूपमा नभई परम्पराका रूपमा मात्र अवलम्बन गरिँदै आएको छ ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली÷वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्थाजस्ता क्रियाकलापमार्फत कृषि क्षेत्रको व्यवसायीकरणको परिकल्पना गरी काम गर्नुपर्ने हुन्छ ।यिनै पृष्ठभूमिलाई मध्यनजर गर्दै कृषि क्षेत्रको व्यवसायीकरणका लागि स्थानीय निकायहरूले गर्नुपर्ने कामहरूबारे यहाँ चर्चा गरिएको छ ।

नीति र कार्यक्रम फ्रेमवर्क
– स्थानीय स्तरमा कृषि प्रवद्र्धनका लागि ऐन, नीति, निर्देशिकाहरू तयार पार्ने ।
– कृषिमा निजी क्षेत्रको लगानी बढाउन निजी क्षेत्र मैत्री नीति बनाउने । निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्न र साझेदारी गर्न सार्वजनिक–निजी–साझेदारी संयन्त्र बनाउने । संयन्त्रमार्फत कृषि उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा अवरोधहरू हटाउन र प्रमुख उत्पादन क्षेत्रहरू जोड्न पहल गर्ने ।

राम्रो कृषि अभ्यासका साथमा गिरावट र बाँझो जमिनको उपयोग
– उर्वराशक्ति नष्ट भएको र बाँझो जमिनको उपयोग गर्न ‘ल्यान्ड बैंक प्रणाली’ स्थापना गर्ने ।
– माटोको उर्वराशक्ति सुधार गर्न र माटोमा जैविक पदार्थ बढाउँदै लैजान, जग्गालाई पुनर्जीवित गर्न र कृषि योग्य बनाउन कार्यक्रम लागू गर्ने ।
– मल उत्पादन गर्न, फोहरको पुनःप्रयोग गर्न फोहर संकलकहरू, पुनःप्रयोगका लागि समूहहरू र निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
– जैविक मल उत्पादन गर्नका लागि सहयोग प्रदान गर्ने र सुरक्षित र राम्रो कृषि अभ्यासहरू र कीटनाशक प्रयोग गर्दा व्यक्तिगत सुरक्षात्मक उपकरणहरूको प्रयोगका बारेमा चेतना जगाउने ।
– किसानहरूलाई सुरक्षित र दिगो कृषि अभ्यास अपनाउन प्रोत्साहन गर्न एक प्रमाणीकरण निकायको स्थापना गर्ने ।

पानीको सदुपयोग
– सिँचाइ सुविधाका लागि कार्यक्रम बनाउने । पानीको उचित उपयोगलाई प्रोत्साहित गर्ने ।
– कम पानी चाहिने खालका बालीहरूको खेती गर्न प्रोत्साहित गर्ने ।

उत्पादन कार्यहरू
‘एक क्षेत्र एक बाली’ पकेट क्षेत्र खेती प्रणाली लागू गर्ने ।
विषादीरहित खाद्य उत्पादन र उत्पादनमा आधारित अनुदान प्रणाली स्थापित गर्ने ।
जैविक र इको–लेबल प्रमाणित आफ्नै ब्रान्ड उत्पादन विकास गर्ने ।
उत्पादन लागत घटाउन कृषि यन्त्रको प्रयोग बढाउने कार्यक्रम बनाउने । जस्तै कस्टम हाइरिङ सेवा, कृषि यन्त्रमा अनुदान आदि ।
कीटनाशक अवशेष विश्लेषण प्रयोगशाला स्थापना र सेवा प्रदान गर्ने ।
बजार माग र आपूर्ति अवस्थाको विश्लेषण गर्ने र किसानलाई मागअनुसार उत्पादन गर्न सहयोग गर्ने ।
किसानलाई उन्नत गुणस्तरीय उत्पादन र बाली भियाउने तरिकाबारे सीपमूलक तालिम प्रदान गर्ने ।
प्रशोधन, ग्रेडिङ र प्याकेजिङ सुविधाहरूमा निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने ।
स्रोत केन्द्र स्थापना गर्न र यी केन्द्रहरूमार्फत कृषकहरूलाई सहयोग पु¥याउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।

बाली भित्र्याएपश्चात पोस्ट हार्भेष्ट क्षति न्यूनीकरण
– बाली भित्र्याएपश्चात् हुने क्षतिलाई न्यूनीकरण गर्न प्रविधि र यातायात अभ्यासमा सुधार गर्न किसानहरूलाई तालिम, उचित प्याकेजिङमा सहयोग, भण्डारण घर निर्माण, भण्डारण डिब्बा आदिमा सहयोग गर्ने ।
– दैनिक खानामा आयातित उत्पादनको सट्टा स्थानीय उत्पादनलाई प्रयोग गर्न प्रोत्साहन गर्ने ।

बजारीकरणका कार्यहरू
– उत्पादन समूह र सहकारी संस्थाहरूको उत्पादन संकलन र बजारीकरण गर्न निजी क्षेत्रलाई लगानी गर्न सहयोग गर्ने र मूल्य प्रवाह र बजारलाई सुनिश्चित गर्दै उत्पादन प्रवाहका लागि आउटलेट स्थापना गर्ने ।
. साना र मध्यम खालका कृषि व्यवसाय स्थापना गर्न सहयोग गर्ने ।
– संकलन केन्द्रहरू, कोल्ड स्टोरेज, गोदामहरू र बजारहरू स्थापना गर्ने ।
– उत्पादनहरूका लागि थोक खरिद केन्द्रहरू स्थापना गर्ने, जहाँ उत्पादनहरू ठूलो परिमाण संकलन गर्न सकियोस् ।
– लेबलिङ, मूल्य निर्धारण, प्याकेजिङ र उत्पादनको प्रवद्र्धन गर्ने कृषि व्यवसायलाई प्रोत्साहित गर्ने ।
– स्थानीय उत्पादनको खपत बढाउन प्रचारप्रसार तथा जागरुकता अभियान र प्रशिक्षण कार्यक्रम गर्ने ।
– व्यापार मेला र प्रदर्शनीहरू आयोजना गर्ने ।
– कृषि बजार सूचना प्रणाली स्थापित गर्ने ।
– प्रमाणीकरण र गुणस्तर जाँच प्रणाली स्थापित गर्ने ।
– प्याकेज सामग्री निर्माण गर्न स्थानीय उद्योगहरूलाई प्रोत्साहित गर्ने ।
– विशेष कार्यक्रम– हाट बजार, कृषि प्रदर्शनी, स्थानीय उत्पादनको प्रयोग, सपिङ जाँदा आफ्नै झोलाको प्रयोग, शाकाहारी भोजन, पुनःप्रयोग, कुनै कुरा खेर नफाल्ने आदिजस्ता अभियान सञ्चालन गर्ने ।

प्रविधि, मेसिनरी र उपकरणहरूको प्रयोग
– डिजिटल समूहका लागि प्राथमिक समूह र सहकारीलाई प्राविधिक सहयोग प्रदान गर्ने । कृषि समूह र सहकारीहरूलाई डिजिटल सेवामार्फत लेनदेनको व्यवस्था गर्ने ।
– लैङ्गिक मैत्री मेसिनरी र उपकरणलाई ध्यानमा राखी कस्टम हायरिङ सेन्टरहरू सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ।
– उपकरण र मेसिनरी पसलहरू स्थापना गर्न सहयोग प्रदान गर्ने ।
– सोसल मिडियामार्फत स्थानीय उत्पादनहरूको प्रचार गर्ने ।
– नयाँ प्रविधि र नयाँ विशेषज्ञतामा आधारित रहेर उत्पादन तथा सेवाहरू बजारमा ल्याउन कृषि समूह र सहकारीहरूको क्षमता अभिवृद्धि गर्ने ।

सुशासन
– कृषि समूह र सहकारीहरूको विकास योजनाहरू बनाउन र सोअनुसार कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने । व्यावसायिकतातर्फ उन्मुख योजना तयार गर्न र कार्यान्वयन गर्न सहयोग गर्ने ।
– समूहको गतिशीलता, बजारीकरण, लघु उद्यम विकास, बचत तथा ऋण, स्थानीय स्रोत परिचालन र सुशासनमा कृषि समूह तथा सहकारीहरूलाई प्रशिक्षित गर्ने ।
– उत्पादकहरू र उपभोक्ताहरूको फाइदाका लागि ‘बिचौलियाहरू’ का गतिविधिहरू नियमन गर्ने ।
– उत्पादक, बिचौलिया, व्यापारी, सहकारी, प्रशोधनकर्ता, ढुवानीकर्ता, सेवाप्रदायक र निर्यातकर्तालाई विभिन्न समूह र संघ -संस्था गठन गर्न र प्रतिस्पर्धी बन्न संगठित सञ्जाल निर्माण गर्न सहयोग गर्ने ।
– व्यवसायका अवसरहरू सिर्जना गर्न बजार श्रृंखलाका कर्ताहरूबीचको सम्बन्ध स्थापित गर्न र सेवा प्रवाह गर्न व्यवसाय सेवा डेस्क स्थापना गर्ने । हाल सञ्चालनमा रहेका कृषि व्यवसायहरूको विस्तार र सुदृढीकरणमा सहयोग गर्ने ।
– साना कृषि समूहहरूलाई ठूला कृषि सहकारीमा परिणत गरी सामूहिक रूपमा व्यवसाय गर्ने वातावरण मिलाउने ।
– निष्क्रिय कृषि समूह र सहकारीहरूको पहिचान रद्द गर्ने ।
– कृषि समूह र सहकारीहरूबीच सहकार्य रहेको पहलहरूलाई सहयोग पुयाउने ।
– सरकारी, गैरसरकारी, कृषि व्यवसायी, बहुपक्षीय संगठनहरू एवं नागरिक समाजसँग सहकार्य गर्ने ।
– राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सान्दर्भिक बजारकर्ताहरूको सहभागितालाई सहज बनाउने ।

कोभिड–१९ को परिस्थितिको सामना गर्नका लागि सिफारिस
– कृषि बजार केन्द्रहरूमा भौतिक दूरी, सेनिटाइजर र व्यक्तिगत सुरक्षा वस्तुहरूको प्रबन्ध गर्ने ।
– रोजगार सूचना केन्द्र स्थापना गर्ने । डिजिटल टेक्नोलोजी-पोर्टलमार्फत रोजगारीका अवसरहरूसम्बन्धी जानकारी प्रसार गर्ने ।
– छोटो अवधिका सीपमूलक तालिम कार्यक्रमहरू आयोजना ९उदाहरणका लागि कोभिड–१९ को कारणले रोजगारी गुमाएका युवाहरूलाई कृषि मेसिनरी मर्मतसम्बन्धी तालिम आयोजान गर्ने ।
– विदेशबाट घर फर्केका युवाहरूको सीपलाई प्रवद्र्धन गरी सीपमा आधारित प्रशिक्षणबाट स्वरोजगारका अवसरहरू सिर्जना गर्ने ।
– कृषि उत्पादन र कृषि व्यवसायीको व्यापार बढाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृषि कम्पनीहरूसँग सहकार्य गर्ने ।
– स्थानीय कोटा प्रणालीमार्फत विदेशबाट आयात गरिएको कृषि उपजको नियमन र व्यवस्थापन गर्ने ।
– स्थानीय उत्पादनहरूको मार्केटिङको सुविधा पुयाउने ।
– कृषि व्यवसायीहरूका लागि आवश्यक कच्चा पदार्थ र उत्पादनहरूलाई ढुवानी गर्नका लागि सहज वातावरण बनाउने ।
– कृषि उद्यमहरूको उत्पादन र सञ्चालनका लागि सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन बैंकहरूसँग सहकार्य गर्ने ।कृषि क्षेत्रमा पुनर्कर्जाको सुविधा पुयाउने र कृषि ऋणको ब्याजमा अनुदानको व्यवस्था गर्ने । किसानहरूले लिएको ऋणको भुक्तानी अवधि बढाउने ।
– स्थानीय कृषि व्यवसायलाई बिजुली महसुल र सेवा शुल्क कम गर्ने ।
– पकेट क्षेत्रहरू पहिचान गरी ‘एक क्षेत्र – एक बाली-पशुधन कार्यक्रम लागू गर्ने ।
– लकडाउनको क्रममा समेत बजारमा कृषि उत्पादनहरूको वितरण सुनिश्चित गर्ने ।
– किसानहरूको मनोबल बढाउनका लागि कार्यक्रमहरू जस्तै : सम्मान, बिमा, प्रदर्शनी, भ्रमण र बालबालिकाहरूलाई छात्रवृत्ति आदि० सञ्चालन गर्ने ।
– स्थानीय उत्पादनलाई राहत प्याकेजका रूपमा वितरण गर्ने र सजिलो पहुँचका लागि स्थानीय बालीहरूको भण्डारण सञ्चालन गर्ने ।
– अनलाइन अर्डर र होम डेलिभरी प्रणालीहरूका लागि व्यवस्था गर्ने ।
– सहरी क्षेत्रमा प्रत्येक घरको छानामा कौशी खेती प्रवद्र्धन गर्ने ।
(लेखक कृषि बजार प्रणालीसम्बन्धी विज्ञ हुन् ।)

प्रतिक्रिया दिनुहोस