भरतपुर l चितवनका विभिन्न होटलमा प्रहरीले छापा मारेको छ । आइतबार भरतपुर र नारायणगढ क्षेत्रका विभिन्न होटलमा छापा मारेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आशंकामा २० जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र ९ जना पुरुष रहेका छन ।
विभिन्न होटलबाट सञ्चालक र कामदारका रुपमा कार्यरतलाई नियन्त्रणमा लिइएको खनालले बताउनुभयो । आइतबार ३ बजेदेखि ५ बजेसम्म विभिन्न होटलहरुमा छापा मारिएको थियो ।
सो क्रममा जिल्ला र वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी खटिएका थिए । नियन्त्रणमा रहेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, २३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटल मिस्टेक माउण्टेन अब पोखरामा
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
रारा ताल किनारको डाँफे होटलमा आगलागी, जलेर पूर्णरुपमा नष्ट