काठमाडौँ । बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दीपेन्द्र कुँवर ‘यथार्थ’ एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुँवर नेकपा विभाजन पश्चात् एमालेमा सक्रिय रहेका थिए । कुँवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे ।
माओवादी केन्द्रका बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवर ‘विजय सुन्दर’ ले कुँवरलाई पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ साउन २०८२, ११ : ५९
लेखकबाट थप