काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
‘प्रचण्ड निवास खुमलटारमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच दुई देशबीचको हित र आपसी सम्बन्धबारे छलफल भएको बताइएको छ।
मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन्। उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीलाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो पनि दिएका थिए।
त्यस्तै मिस्रीले काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग