काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
‘प्रचण्ड निवास खुमलटारमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच दुई देशबीचको हित र आपसी सम्बन्धबारे छलफल भएको बताइएको छ।
मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन्। उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीलाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो पनि दिएका थिए।
त्यस्तै मिस्रीले काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ भदौ २०८२, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’