टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०८२, ०८ : १०
टप एन्ड टी-२० सिरिज : नेपाल र बंगलादेश ‘ए’ भिड्दै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् ।

दुवै टोली आ-आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।

बंगलादेश ए गत सिजनको उपविजेता टोली हो । टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका र हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छन् ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस