‘जेठ ३ मा फर्किदैमा केपी ओलीलाई माफी दिन सकिन्छ ?’ : डा. बाबुराम भट्टराई

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, ०९ : २१
‘जेठ ३ मा फर्किदैमा केपी ओलीलाई माफी दिन सकिन्छ ?’ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जेठ ३ अघि फर्काउदैमा माफी दिन नसकिने बताएका छन् । उनले त्यसयता गरेका थुप्रै घटनाक्रमलाई बिर्सिनु नहुने बताएका छन् । 

उनले सामाजिक संजालमा ट्वीट गर्दै भनेका छन्–'एमाले कर्णहरूसँग जिज्ञासाः तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २र२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यतिरओम्नीलगायत अर्बौंको भ्रष्टाचार, सांसद  अपहरण, कोरोनापीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?'

उनले संघको सिको प्रदेश सरकारहरुले पनि गरेको भन्दै भनेका छन्–‘संघमा मालिकको सिको गर्दै प्रदेशमा ओलीभक्त बुढा बाघहरू हातमा मन्त्रीपदको बाला लिएर लोभी बटुवाको सिकार गर्न उद्यत भैरहेछन् । खबरदार, नझुक्किऊ १ भोक लाग्यो भन्दैमा अखाद्यवस्तु खान हुन्न १ विष गुलियोमा मिसाएरै ख्वाइन्छ । पंचायतको अन्तिम दिनका वा ज्ञानेन्द्रकालका टीके मन्त्रीको वेहाल सम्झौं ।” 

प्रतिक्रिया दिनुहोस