एजेन्सी । कोरोना संक्रमणको हटस्पट बनेको भारतमा दुई महिनायताकै सबैभन्दा कम नयाँ कोरोना संक्रमित भेटिएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार आइतबार देशभरिमा १ लाख १ हजार २ सय २३ जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ४ सय ४६ जना संक्रमितले ज्यान गुमाएका छन्।
आइतबार थपिएका नयाँ संक्रमितको संख्या अप्रिल ४ यताकै सबैभन्दा कम दाबी गरिएको छ भने मृतकको संख्या अप्रिल २२ पछि पहिलो पटक २५ सयभन्दा तल झरेको हो । एक महिनाअघि मे ६ मा भारतमा एकैदिन ४ लाख १४ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा अहिले नयाँ संक्रमितसँगै परीक्षण गरिएकालाई कोरोना पोजेटिभ हुने दर पनि घटेको छ।
भारतमा अहिलेसम्म २ करोड ८९ लाखलाई कोरोना संक्रमण भएको छ भने ३ लाख ४९ हजारले ज्यान गुमाएका छन् । कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा पछिल्ला चार सातादेखि देशभरि नै संक्रमण ओह्रालो लागिरहेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ जेठ २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा