नेतृत्व हस्तान्तरण तयारीमा प्रधानसेनापति

पत्रपत्रिकाबाट

सोमबार, २४ जेठ २०७८, ०७ : ५३
नेतृत्व हस्तान्तरण तयारीमा प्रधानसेनापति

काठमाडौं । अवकाश पाउनु ९५ दिनअघि नै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया थालनी गरेका छन् । सैनिक ऐनलाई संशोधन गराएरै भए पनि आफ्नो पदावधि लम्बाउन सक्ने हल्ला चलिरहेका बेला प्रधानसेनापति थापाले अबको बाँकी दिन नेतृत्व हस्तान्तरणमा केन्द्रित हुने बताए । 

आफ्नो एक हजार दिन पूरा भएको अवसरमा सञ्चार माध्यमका प्रतिनिधिसँगको अन्तर्क्रियामा आइतबार प्रधानसेनापति थापाले भने, ‘आज बिहानैको कार्यक्रमदेखि नेतृत्व हस्तान्तरणको काम अघि बढाएको छु । सक्षम कमान्डरलाई नेतृत्व हस्तान्तरण गर्नेछु ।’ उनले साउन १५ गतेदेखि अवकाशअघिको एक महिने बिदा लिने पनि प्रस्ट पारे । प्रधानसेनापति थापाको तीनवर्षे कार्यकाल भदौ २४ गते सकिँदै छ । थापापछि भदौ २५ गतेबाट अहिले बलाधिकृत रथी तथा प्रधानसेनापतिको दोस्रो वरीयताका प्रभुराम शर्माले नेपाली सेनामा तीन वर्षका लागि नेतृत्व लिनेछन् ।

प्रधानसेनापति थापाले आफ्नो तीनवर्षे कार्यकालमा मुख्य गरी चारवटा क्षेत्रमा केन्द्रित काम भएको दाबी गरे । आफ्नो पहिलो काम सैनिक ऐन–२०६३ लगायत कानुन संशोधन गरेको उनको भनाइ छ । आफ्नो नेतृत्वमा लामो समयदेखि संगठनमा चर्चा हुँदै आइरहेको नेपाली सेनाको नयाँ ढाँचा तीन जोर एक अर्थात् थ्री प्लस वानमा अघि बढाएको पनि उनले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस