हुवाई र भाइबरबीच एप ग्यालरीलाई अझ सशक्त बनाउने समझदारी

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, १२ : ३७
हुवाई र भाइबरबीच एप ग्यालरीलाई अझ सशक्त बनाउने समझदारी

काठमाडौँ । विश्व प्रविधि बजारमा एक अग्रणी स्थान ओगट्दै आएको टेक्नोलोजी कम्पनी हुवाईले एप ग्यालरीमा निःशुल्क र सजिलो सञ्चारको लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले यसका प्रयोगकर्ताहरुबाट पाएको सफलतम प्रतिक्रियालाई मध्यनजर राखेर भाइबरसँगको ब्राण्ड सहकार्यलाई दीर्घकालको लागि विस्तार गर्ने घोषणा गरेको छ । विश्वका १९० राष्ट्रहरुमा करोडौं प्रयोगकर्ताहरु रहेको यो सेवा एप ग्यालरीमा जोडिने पहिलो प्रमुख ब्राण्डहरु मध्येको एक र सबैभन्दा बढी लोकप्रिय बाण्ड हो ।

भाइबरबाट भ्वाइस र भिडियो कलहरु, मेसेजिङ र ग्रुप च्याटहरु गर्न सकिन्छ र धेरै भूभागहरुमा एप ग्यालरी मार्फत् ६२ मिलियन वितरणसँगै यसको बलियो उपस्थिति रहेको छ । यी दुवै कम्पनीहरु मिलेर बढ्दो प्रयोगकर्तालाई लक्षित गर्दै गहन आबद्धता कायम गराउन काम गरिरहेका छन् । 

एप ग्यालरीमा भाइबरले प्राप्त गरेको सफलताको एक हिस्सा हुवाईको “विश्वव्यापी एवं स्थानीय” रणनीतिलाई अँगाल्नु पनि हो जुन स्थानीय तवरमा नागरिकहरुलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ डिजाइन गरिएका उच्च गुणस्तरका समाधानहरु दिने एप प्रदायकहरुका साथ सम्बन्ध विकसित गर्नमा केन्द्रित छ ।

व्यवसायिक रणनीतिक साझेदारीको एक हिस्सा स्वरुप भाइबरले अद्यावधिक गरेर एप प्रकाशन गरेको छ, जसमा एप ग्यालरीबाट नयाँ संस्करणको भाइबर एप डाउनलोड गर्ने प्रयोगकर्ताहरुका लागि भाइबरले आफ्नो स्वामित्वमा रहेका सम्पूर्ण स्टिकर प्याकहरु पूर्णरुपमा निःशुल्क उपलब्ध गराउँदै छ ।

 

प्रतिक्रिया दिनुहोस