ललिता निवास प्रकरणमा ४९ जनाविरुद्ध मालपोतको २१ दिने सूचना (सूची हेर्नुहोस्)

सफल खबर संवाददाता

आइतबार, २३ जेठ २०७८, ०९ : ५९
ललिता निवास प्रकरणमा ४९ जनाविरुद्ध मालपोतको २१ दिने सूचना (सूची हेर्नुहोस्)


काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरेको छ ।

२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिएको हो ।