काठमाडौं । एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले केपी ओलीसँग विद्रोहको बिगुल फुकिसकेका हुनाले टोलटोलमा कमिटी बनाउन निर्देशन दिएका छन् ।
आफूनिकट समानान्तर जिल्ला कमिटी पदाधिकारीको जारी भर्चुअल बैठकमा नयाँ पार्टी गठनतर्फ संकेत गर्दै नेता नेपालले केही प्राविधिक उल्झन देखाए । उनले केपी ओली सच्चिएर आउलान् भन्ने आफूलाई विश्वास नलागेको बताए ।
नेता नेपालले भने, ‘शेरबहादुरलाई प्रधानमन्त्री बनाउन सांसदको हैसियतमा सर्वोच्चमा रिट दायर गरेकाले अहिले पार्टी घोषणा गर्न सक्ने अवस्था छैन, केही समस्या छन् । तर कालान्तरमा सधैँ यस्तो त हुँदैन ।’ कमजोर हुँदा ओलीले झुल्याउने गरेको भन्दै नेपालले भने, ‘मैले पहिले नै भनिसकेको छु, बालुवाटारमा वालुवा पेलेर तेल निस्कनेवाला छैन ।’
नयाँ पार्टी गठनमा ढिला भने गर्न नहुने भन्दै नेपालले भने, माझीहरूको सल्लाहले डुंगा पल्टेजस्तै नहोस् । मरिसकेपछि डाक्टर बोलाउनुको कुनै अर्थ हुन्न ।’ नेता नेपालले प्रतिनिधिसभाको पुनस्थापनापछि ओलीले पटकपटक हार खेपेका बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ जेठ २०७८, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने