उपत्यकामा पुनः थप गरिएको निषेधाज्ञा आजदेखि लागू

सफल खबर संवाददाता

शुक्रबार, २१ जेठ २०७८, ०८ : २५
उपत्यकामा पुनः थप गरिएको निषेधाज्ञा आजदेखि लागू

काठमाडौँ । उपत्यकामा पुनः थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । कोभिड १९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्मका लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो । 

तर,  उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले १४ गते अघिको स्थितिमा कायम रहने गरी आजदेखि जेठ ३१ सम्म निषेधाज्ञा लम्ब्याएका हुन् । गत बुधबार बैठक बसेर उक्त निर्णय गरिएको थियो ।

निर्णयअनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइएको छ । विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस