काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिना अवधिमा ६ वटा टिप्पणी सदर गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार कमै उपस्थित हुने प्रधानमन्त्री ओलीले माघ–चैत अवधिमा ६ वटा टिप्पणी सदर गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयले सो अवधिमा १ सय ५१ पत्र मन्त्रालय तथा निकायमा कार्यार्थ पठाएको छ । महाशाखा तथा शाखामा भने कार्यार्थका लागि १ सय ७७ वटा निवदेन पठाइएको छ । प्रधानमन्त्री कार्यालयले १ सय ४० वटा उपप्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको भ्रमण स्वीकृत गरेको छ । दुईमहिने अवधिमा १७ विश्वविद्यालयसम्बन्धी पत्र पठाइएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार दुई महिनामा ५ हजार ५ सयपटक टेलिफोनबाट जनसम्पर्क गरी सेवा प्रवाहमा सहजीकरण तथा समन्वयकारी काम भएको छ । यस अवधिमा सचिवको ८८ स्वदेश भ्रमण भएका छन् । तीन महिनामा १८ पटक मन्त्रिपरिषद् बैठक बसेको छ । माघ, फागुन र चैतमा ६÷६ पटक बैठक बस्दा ३ सय ६३ निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सो कार्यालयले बेरुजु फछ्र्योट अनुगमन तथा मूल्यांकन समितिको १ तथा निजामती अस्पताल बोर्डको ५ बैठक आयोजना गरी निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्यमा सहजीकरण गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित बढुवा समितिको ९२ तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २६ वटा बैठकमा मुख्य सचिवलाई सहभागी गराई कर्मचारी बढुवासम्बन्धी काम भएका छन् ।राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जनताको साथमा छ: प्रधानमन्त्री ओली
मधेश प्रदेशमा तत्काल पाँच सय डीप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा
संसदीय समितिको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित
प्रधानमन्त्री ओली भदौ ३१ मा दिल्ली भ्रमणमा जाने
अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमा रहनुहोस्: प्रधानमन्त्री ओली
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री ओली