रुपन्देहीमा निषेधाज्ञा फेरि लम्बियो

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १७ : ३८
रुपन्देहीमा निषेधाज्ञा फेरि लम्बियो

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्मका लागि लम्बाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको हो । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले  जानकारी दिए ।

यसअघि जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको निषेधाज्ञा थपको सिफारिस गरेको आधारमा थप गरिएको उनले बताए ।

 यस अवधिमा सुरक्षाकर्मी, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा सन्चालनमा रहनेछन् ।

तर, जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस