काठमाडौं । पाँच दलीय गठबन्धनले भक्तपुरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको हो ।
भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा विभिन्न ११ वटा मागसहित ज्ञापनपत्र बुझाएका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत उक्त ज्ञापन पत्र प्रधानमन्त्री ओलीलाई पठाइएको पाँच दलीय गठबन्धनले जनाएको छ ।
जिप्रका पुगेर नेताहरुको टोलीले ज्ञापन पत्र बुझाएपछि प्रजिअ भट्टराईले आफूले उक्त पत्र प्रधानमन्त्रीले प्राप्त गर्नेगरी पठाइदिने प्रतिवद्धता प्रकट गरेका छन् । ज्ञापन पत्रमा हस्ताक्षरकर्ता नेताहरु नेपाली काँग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष डिपी ढकाल, नेकपा (एमाले) का अध्यक्ष रजन केसी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका अध्यक्ष शिवहरी खनालले संयुक्तरुपमा ज्ञापन पत्र प्रजिअ भट्टराई मार्फत प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ जेठ २०७८, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली