ब्राजिलमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउँदा आयो मृत्युदरमा व्यापक गिरावट

एजेन्सी

बुधबार, १९ जेठ २०७८, १२ : ४०
ब्राजिलमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउँदा आयो मृत्युदरमा  व्यापक गिरावट

ब्राजिल । ब्राजिलको एक शहरमा अनुसन्धानका लागि लगभग सबै वयस्कलाई भ्याक्सिन लगाउँदा मृत्युदरमा ९५ प्रतिशत गिरावट देखिएको अनुसन्धाताले बताएका छन् ।

 ४५ हजार मानिसको बासस्थान रहेको ब्राजिलको सेरानामा सामूहिक रुपमा चिनियाँ भ्याक्सिन कोरोनाभ्याक लगाएपछि संक्रमितको संख्यामा व्यापक कमी देखिएको छ ।

अनुसन्धाताका अनुसार भाइरसको प्रसार राम्रोसँग हुन नपाएपछि भ्याक्सिन नलगाएकाहरु पनि सुरक्षित भएका थिए ।

उक्त अनुसन्धानले संसारभरीको ७५ प्रतिशत जनसंख्यालाई खोप लगाएपछि भाइरसमाथि नियन्त्रण पाइनेतर्फ इंगित गरेको छ ।

ब्राजिल कोरोनाको संक्रमणले अत्यधिक थलिएको छ । यहाँ हालसम्म ४ लाख ६३ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा  अभावका कारण खोप अभियान निकै सुस्त छ । यहाँ दैनिक संक्रमित र मृत्युदर अत्यधिक छ ।

दक्षिण पूर्वी साओ पाउलो राज्यमा अवस्थित सेरानामा उक्त अनुसन्धान इन्स्टिट्युटो बुटानानले फेब्रअुरीदेखि अप्रिलको बीचमा गरेको थियो । इन्स्टिट्युटो बुटानानले चीनको सिनोभ्याक बायोटेकद्वारा निर्मित कोरोनाभ्याकको उत्पादन गरेको छ ।

उक्त शहरलाई भाइरसको सीमा निर्धारण गर्नका लागि चारवटा क्षेत्रमा विभाजन गरिएको थियो । यहाँका १८ वर्ष माथिका ७५ प्रतिशत जनसंख्यालाई खोपको दुईवटा डोज दिइएको थियो ।

जब ९५ प्रतिशत वयस्कलाई पूर्ण खोप प्रदान गरियो, अनुसन्धाताले यस्ता नतिजा पाएः

मृत्युदर ९५ प्रतिशतले घट्यो

अस्पतालमा भर्ना हुने दर ८६ प्रतिशतले घट्यो

लक्षण देखिने बिरामीको संख्यामा पनि ८० प्रतिशतको कमी देखियो

बुटान्टानका रिसर्च डिरेक्टर रिकार्डो प्यालासियोसले प्रमुख आँकडा ७५ प्रतिशत थियो ।

‘यसको महत्वपूर्ण निर्णय के हो भने हामीले संसारभरीका शत प्रतिशत मानिसहरुलाई भ्याक्सिन नलगाएपछि महामारीमाथि नियन्त्रण पाउने रहेछौं,’ उनले भने ।

प्यालासियोसका अनुसार खोप नलगाएका बालबालिका र किशोर किशोरीबीच पनि संक्रमण दर घट्यो । ‘यसले यो कुरा इंगित गर्छ भने बालबालिकालाई खोप नलगाइकनै पनि स्कूल पुनः सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

बीबीसी