लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि, विपक्षी गठबन्धनद्धारा मुख्यमन्त्रीको राजिनामा माग्ने तयारी

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, ०९ : ४९
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि, विपक्षी गठबन्धनद्धारा मुख्यमन्त्रीको राजिनामा माग्ने तयारी

काठमाडौं । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बुटवलस्थित प्रदेशसभा भवनमा प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । यो बजेट अधिवेशन हो । बैठकको सुरुवातमा दलका नेताहरुले धारणा राख्नेछन् ।

विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस