एजेन्सी । भारतमा २४ घण्टाको अन्तरालमा १ लाख ३३ हजार ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२०४ जनाको मृत्यु भएको छ ।
यस्तै संक्रमणबाट निको हुनेको संख्या २ लाख ३१ हजार २२७ जना रहेको छ । समाचारअनुसार मंगलबार भारतको अरुणाचल प्रदेश, मणिपुर र मिजोरमबाहेक बाँकी सबै राज्य र केन्द्रशासित प्रदेशमा नयाँ संक्रमित भन्दा ठीक हुने संख्या बढी भए ।
महाराष्ट्रमा सबैभन्दा बढी ३५ हजार ९४९ संक्रमित निको भए । यस्तै तमिलनाडुमा ३१ हजार ६८३, कर्नाटकमा ३१ हजार ६८३ र केरलमा २४ हजार ११७ संक्रमित निको भए ।
भारतमा हालसम्म २ करोड ४१ लाखमा संक्रमण पुष्टि भइसकेको छ भने त्यसमध्ये २ करोड ४१ लाख निको भइसकेका छन् । यस्तै ३ लाख ३५ हजारको मृत्यु हुँदा अहिले पनि १७ लाख ८९ हजार सक्रिय संक्रमित उपचारको प्रक्रियामा रहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ जेठ २०७८, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा