एजेन्सी । भारतमा २४ घण्टाको अन्तरालमा १ लाख ३३ हजार ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२०४ जनाको मृत्यु भएको छ ।
यस्तै संक्रमणबाट निको हुनेको संख्या २ लाख ३१ हजार २२७ जना रहेको छ । समाचारअनुसार मंगलबार भारतको अरुणाचल प्रदेश, मणिपुर र मिजोरमबाहेक बाँकी सबै राज्य र केन्द्रशासित प्रदेशमा नयाँ संक्रमित भन्दा ठीक हुने संख्या बढी भए ।
महाराष्ट्रमा सबैभन्दा बढी ३५ हजार ९४९ संक्रमित निको भए । यस्तै तमिलनाडुमा ३१ हजार ६८३, कर्नाटकमा ३१ हजार ६८३ र केरलमा २४ हजार ११७ संक्रमित निको भए ।
भारतमा हालसम्म २ करोड ४१ लाखमा संक्रमण पुष्टि भइसकेको छ भने त्यसमध्ये २ करोड ४१ लाख निको भइसकेका छन् । यस्तै ३ लाख ३५ हजारको मृत्यु हुँदा अहिले पनि १७ लाख ८९ हजार सक्रिय संक्रमित उपचारको प्रक्रियामा रहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ जेठ २०७८, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर