बलिउड अभिनेता अक्षयकुमार पनि आयुर्वेदिक औषधिको पक्षमा

एजेन्सी

बुधबार, १९ जेठ २०७८, ०८ : ४४
बलिउड अभिनेता अक्षयकुमार पनि आयुर्वेदिक औषधिको पक्षमा

मुम्बई । बलिउड अभिनेता अक्षयकुमार यतिबेला आयुर्वेदिक औषधिको पक्षमा उत्रिएका छन् । पछिल्लो समय भारतीय योगी रामदेवले आयुर्वेदिक औषधिको पक्षमा आवाज उठाउँदै उनले एलोपेथिक औषधिको विरोध गरेका छन् । यही विरोधका क्रममा एलोपेथिक औषधि निर्माता तथा विक्रेताले योगी रामदेवलाई कानुनी कारबाहीको माग गरिरहेको बेला अभिनेता अक्षयकुमार भने रामदेवको पक्षमा उत्रिएका छन् ।

यसअघि अभिनेता आमिर खानले पनि रामदेव भारतका लागि सही व्यक्ति भएको र रामदेवले आयुर्वेदिक औषधिसँगै योगमा क्रान्ति ल्याएको बताएका थिए । एकथरीका मानिसले रामदेवको विरोध गरिरहेको बेला आमिर खानको यस्तो भनाइ भिडियोमा आउँदा यी योगीले राहतको महसुस गरेका थिए ।

यस्तै, यतिबेला अभिनेता अक्षय कुमारले पनि रामदेवको भारतीयलाई आयुर्वेदिक उपचार गराउने अभियानमा साथ दिएका छन् । शरीरलाई अन्य असर नगर्ने र रोग निदान हुने आयुर्वेदिक उपचार प्रणाली भारतीयका लागि निकै राम्रो भएको यी अभिनेताको भनाइ छ । भारत मात्र होइन, विश्व आयुर्वेदतर्फ फर्किएको बेला रामदेवको अभियान सकारात्मक भएको पनि अक्षय कुमारको कथन छ ।

प्रतिक्रिया दिनुहोस