काठमाडौं । कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्यान गएको छ । मृत्य ुहुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले राससलाई जानकारी दिए ।
उनले अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गर्नुभएको बताइएको छ । बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए ।
गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन । हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ जेठ २०७८, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु