'थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ'

रासस

मंगलबार, १८ जेठ २०७८, २० : ३५
'थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले लामो समय महसुस गर्छ'

काठमाडौँ ।  नेकपा (एमाले)ले विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समय अभाव महसुस गर्ने बताएको छ ।  

पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा थापाको राजनीतिक दर्शन नेपाली युवाका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै  उहाँ नेपालको राजनीतिक क्षितिजमा नयाँ आशा र  दृष्टिकोणसहित उदाउँदै गरेको एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको जनाइएको छ । 

एक असल राजनीतिक मित्र गुमाएको जनाउँदै एमालेले उहाँप्रति श्रद्धाञ्जलिका साथ परिवाजन र पार्टीप्रति समवेदना व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस