विवेकशील पार्टीका नेता उज्वल थापाको निधन

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १७ : २१
विवेकशील पार्टीका नेता उज्वल थापाको निधन

काठमाडौँ ।  नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बलियो जग बसालेका विवेकशील पार्टीका नेता उज्वल थापाको निधन भएको छ ।

नेता थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । मेडिसिटी अस्पतालले उनको निधनको पुष्टि गरेको छ।

बुढानिलकण्ठका बासिन्दा तथा बुढानिलकण्ठ स्कूलका विद्यार्थी समेत रहेका ४४ वर्षे थापा सपरिवारसहित झण्डै एक महिना पहिले सगरमाथा आधार शिविर क्षेत्रको यात्रामा गएर फर्किएका थिए। सोही क्रममा कोरोना भाइरसको संक्रमण भएपछि उनलाई सुरुमा ह्याम्स अस्पतालमा राखेर उपचार गरिएको थियो ।

त्यसपछि ग्राण्डी अस्पताल हुँदै उनलाई गएको शुक्रबार ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो । एकमो थेरापीबाट मेडिसिटीमा उपचार हुँदै गर्दा सोमबार उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो, तर डाक्टरहरुले स्वास्थ्य अवस्था निकै जटिल रहेको बताएका थिए ।

उनको उपचारकै क्रममा मंगलबार दिउँसो निधन भएको हो।

प्रतिक्रिया दिनुहोस