काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको बताएका छन् ।
शर्माले मंगलबार सामाजिक संजालमा ट्वीद गर्दैै ‘भनेका छन्–‘कालो कोटमा होइन, कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,’ ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ ।’ प्रधानमन्त्री ओलीले हिजो सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्याउँदैछन् भन्ने टिप्पणी गरेका थिए ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख हुन् ।
शर्माले भनेका छन्–‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता, विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान, प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ । देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा