काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने घोषणा गरेका छन् । लुम्बनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव आफ्नो प्राथमिकतामा नपरेको भन्दै उनले मतदान नगर्ने उनले उल्लेख गरेका छन् ।
आफ्नो अहिलेको कर्तव्य कोरोनासँग जुध्ने रहेको भन्दै उनले कांग्रेस एमाले र माओवादीबीच भइरहेको जुधाईमा आफूले मतदान नगर्ने निर्णय गरेको मेयर राणाले जनाए । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ। निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखर उपप्रमुखले मतदान गर्ने कार्य जारी छ ।
आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ। निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ। प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो। निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली प्रकाशन, १३ जना मतदान गर्न नपाउने
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो
संघीयताबारे छलफल गर्न राष्ट्रिय सभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा