नेपालगञ्जका मेयर रावलद्धारा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने घोषणा

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, १० : ४२
नेपालगञ्जका मेयर रावलद्धारा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने घोषणा

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने घोषणा गरेका छन् । लुम्बनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव आफ्नो प्राथमिकतामा नपरेको भन्दै उनले मतदान नगर्ने उनले उल्लेख गरेका छन् । 

आफ्नो अहिलेको कर्तव्य कोरोनासँग जुध्ने रहेको भन्दै उनले कांग्रेस एमाले र माओवादीबीच भइरहेको जुधाईमा आफूले मतदान नगर्ने निर्णय गरेको मेयर राणाले जनाए । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान शुरु भएको छ। निर्धारित समय बिहान ९ बजेदेखि मतदान शुरु भएको हो। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखर उपप्रमुखले मतदान गर्ने कार्य जारी छ । 

आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ। निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ। प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो। निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस