राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०८२, १९ : ०६
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकियो

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधवार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो ।

आयोगको निर्णय अनुसार सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल रहने गरी स्थान तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार तोकिएका मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ ।

जसमा मतदान केन्द्र क प्रदेश सभाका सदस्यका लागि र मतदान केन्द्र ख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस