‘मान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ’ : डा. बाबुराम भट्टराई

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, ०९ : ०२
‘मान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ’ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति भएको उल्लेख गरेका छन् । 

आइतवार राति ट्वीट गर्दै डा. भट्टराईले यसका निम्ति पूरानो भत्कनै पर्ने बताएका छन् । उनले मान्छे तानातान र किनबेचको तमासा नगर्न समेत अपिल गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्–‘नयाँ निर्माणका निम्ति पूरानो भत्कनै पर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ ।’  अतःमान्छे तानातान र किनबेचको तमासा नगरौं, भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ ! हात मिलाएर आआफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ ।'

प्रतिक्रिया दिनुहोस