काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले आइतबार गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन् ।
प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ ।
विज्ञप्तिमा आइतबार बिहान अलिसिङ जिल्लाको नाजिल गाउँमा सेनाले गरेको कारबाहीमा तालिबानी लडाकू मारिएका तर सर्वसाधारण र सुरक्षाफौज तर्फ कुनै क्षति नभएको जनाइएको छ ।
राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम शहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुने गरेको छ । तालिबानीले लघमनको मेहतारलाम शहर कब्जा गर्न प्रयास गरिरहेका छन् तर सरकारी फौजलाई त्यसलाई असफल तुल्याउँदै आएको छ ।
तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।(सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ जेठ २०७८, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने