बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : ३७
बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो

काठमाडौं । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुर्‍याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको भन्दै उनले न्यूनतमभन्दा कम रकम सम्वन्धी स्थानीय उपलब्ध गराउने बताए ।

सरकारले बालबालिकाको दिवा खाजाका लागि ८ अर्ब ७३ करोड रुपैयाँ छुट्याएको पनि उनले जानकारी दिए । सरकारले आधारभूत तहमा विद्यार्थी भर्नादर यस वर्ष सतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस