राष्ट्रपति शैक्षिक सुधारका लागि १० अर्ब विनियोजन, १५ सय सामुदायिक विद्यालयको पूर्वाधार सुधार हुने

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १७ : ३४
राष्ट्रपति शैक्षिक सुधारका लागि १० अर्ब विनियोजन, १५ सय सामुदायिक विद्यालयको पूर्वाधार सुधार हुने

काठमाडौं । नेपालको शैक्षिक संस्थानहरूको भौतिक पूर्वाधार निर्माण गर्दै थप सुधार गर्नका लागि सरकारले १० अर्ब रुपैयाँ बिनियोजन गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राथमिकताको आधारमा देशका १५ सय सामुदायिक विद्यालयहरूको कक्षा कोठा, शौचालय, पुस्तकालय, प्रयोगशाला, वैकल्पिक सिकाइका लागि पूर्वाधार निर्माणका लागि उक्त  रकम खर्च हुने मन्त्री पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस