नेपाली सेनाका सहायक रथीको कोराना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १२ : ०२
नेपाली सेनाका सहायक रथीको कोराना संक्रमणबाट मृत्यु

काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । भेन्टिलेटरमा उपचाररत केसीको आज निधन भएको हो ।

छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा केसीको आज बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए ।

एक महिनादेखि अस्पतालमा उपचाररत केसीलाई केही दिन अगाडि मात्र भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको तर आज बिहान निधन भएको प्रवक्ता पौडेलले बताए । 

केसी नेपाली सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी सेनाको पहिलो उच्च अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस