काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाउन भगवान गौतम बुद्धले गरेको मार्गदर्शन महत्वपूर्ण रहेको बताएका छन् ।
बुद्ध जयन्तीका अवसरमा नेपालले शुभकामना सन्देश जारी गर्दै सही बाटो अवलम्बन गर्दै आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताएका छन् ।नेपालले भनेका छन्, ‘बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन् ।
यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन् ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ जेठ २०७८, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश