काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाउन भगवान गौतम बुद्धले गरेको मार्गदर्शन महत्वपूर्ण रहेको बताएका छन् ।
बुद्ध जयन्तीका अवसरमा नेपालले शुभकामना सन्देश जारी गर्दै सही बाटो अवलम्बन गर्दै आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताएका छन् ।नेपालले भनेका छन्, ‘बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन् ।
यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन् ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ जेठ २०७८, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड