कास्की । पोखरामा एक पुरुष मृतावस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका–१६ दीपका ५८ वर्षिय नैनसिंह गुरुङ सेती नहरको ड्याममा मृत अवस्थामा फेला परेका हुन् ।
गुरुङ सोमबार बिहान ११ बजे घरबाट बिनाजानकारी निस्किएर बेपत्ता भएपछि परिवार र प्रहरीले खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गुरुङ आज बिहान शान्तिघाटस्थित सेती नहरको ड्यामको बारमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए ।
गुरुङ वेपत्ता हुनुको कारण र मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ जेठ २०७८, १७ : १७
लेखकबाट थप