लक्ष्मण बाबु मेमोरियल ट्रस्टले गर्यो ८ वटा कन्सन्ट्रेटर सहयोग

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १३ : १०
लक्ष्मण बाबु मेमोरियल ट्रस्टले गर्यो ८ वटा कन्सन्ट्रेटर सहयोग

गोरखा । लक्ष्मण बाबु मेमोरियल ट्रस्टले ८ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ । प्रति मिनेट ७ लिटर फाल्ने कन्सन्ट्रेटर वितरण गरेको हो । 

मनकामना हेल्थ पोष्टलाई १ वटा, बुङ्कोट हेल्थपोष्टलाई १ वटा, माई मनकामना सहकारी अस्पताल लाई १ वटा, इच्छाकामना गाउँपालिका आइसोलेसन सेन्टर लाई २ वटा , मुग्लीङ हाईवे अस्पताललाई १ वटा

घैरुगं अस्थाई अस्पतालका लागी २ वटा गरेर ८ वटा सहयोग गरेको हो । 

स्टेशन प्रशासक प्रमुख सशी श्रेष्ठ र अन्य कर्मचारीहरूले सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी  एक संक्षिप्त कार्यक्रमको बीचमा मेशीन हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस