काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा कुदेको आरोप लगाएका छन् ।
आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई लोकतान्त्रिक दल भनिएको कांग्रेसले गएको १ बर्षदेखि माओवादीसँग मिलेर सत्ता कब्जाको बाटोमा अग्रसर भएको आरोप लगाएका हुन् ।
उनले आफूलाई नेपाली कांग्रेस आवेश उत्तेजनामा आएको देखेर ताजुब लागेको उल्लेख गरे ।कांग्रेस संसदीय दलकी नेता पुष्पा भुसालले उनको नेतृत्वको सरकारले गरेको चुनावमा कांग्रेस नजाने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कांग्रेसको लोकतन्त्र त्यही हो भन्दै प्रश्न गरे ।
कांग्रेस किर्ते कागजात लिएर अरु पार्टी फुटाएर अरु आफू प्रधानमन्त्री बन्न राष्ट्रपतिकोमा गएको दावी गरे । उनले दलभित्र विग्रह सिर्जना गर्नु लोकतन्त्र हो भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले माओवादीले हिंसात्मक रुपमा सत्ता कब्जा गरेर लोकतन्त्र समाप्त गर्न खोजेको र नसकेपछि अहिले बाटो बदलेर लोकतन्त्रको कुरा गर्न थालेको दावी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली