काठमाडौं । काँग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीले पद र ओहदा अनुसारको जिम्मेवारी पुरा नगरेको आरोप लगाएका छन् ।
नेता सिंहले नयाँ सरकार गठनका लागि विपक्षी सांसदहरुले प्रक्रिया पुर्याएर बहुमत सांसदको हस्ताक्षर नै पेश गर्दा अस्वीकार गर्नु गैरजिम्मेवार र संविधान विपरित भएको बताए ।
उनले राष्ट्रपति जिम्मेवार नबन्दा संसद विघटन भएको भन्दै त्यसलाई अदालतमार्फत सच्चाउने कममा दलहरु लागेको बताए ।शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।
‘जिम्मेवारीमा रहेकाहरुले गैरजिम्मेवारी काम गर्दा कस्तो असर गर्छ भन्ने प्रमाण हो यो’, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले भने ‘प्रधानमन्त्री प्रधानमन्त्रीले दिउँसै हात उठाएको हो । लगत्तै राष्ट्रपतिकहाँ गएर मेरो पनि दावी छ भनेछन्, अनि विपक्षीले गरेको दावी अस्वीकार गर्न मिल्छ ?’
ओलीसँग विश्वासको मत लिँदा नै ९३ जना भन्दा बढी सांसद नदेखिएको भन्दै विपक्षीहरुले १४९ जना पुर्याउँदा प्रमाण पनि प्रमाण नपुगे त यो पुगेन भनेर भन्नुपर्नेमा त्यसो नगरिएको सिंहको भनाई छ ।
‘के प्रमाण पुगेन ? मध्यरातमा अनुमानका भरमा वदनियतपूर्ण तवरले यसो गरिएको छ । हामी जिम्मेवार प्रतिपक्ष भएकाले संविधानको प्रहार हुँदा विगतदेखि नै भुमिका निभाउँदै आएका छौ । अहिले पनि निभाउँछौ । त्यही भएर अदालत जान लागेका हौ’, सिंहको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह