काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले नयाँ सरकार गठनको लागि संविधानको ७६ (५) बमोजिम १ सय ४९ सांसदको दाबीलाई संसदमा परिक्षण नगरिनु संविधानको बर्खिलाप भएको उल्लेख गरेका छन् ।
सामाजिक संजालमा ट्वीट गर्दै नेता थापाले संविधानको बर्खिलाप गरेको निर्णय विरुद्ध अदालत नगए फागुन ११ गतेको सर्वोच्चको फैसलाको अपमान हुने समेत बताएका छन् । उनले भनेका छन्–‘राजनितिक लडाईसँगै हामी १४९ सांसद संवैधानिक हकको लागि अदालतमै उभिएर कानुनी लडाई लड्न तयार रहनुपर्छ ।’
ट्वीटरमा उनले प्रतिक्रिया यसरी व्यक्त गरेका छन्–‘१४९ सांसदको ७६ (५) बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्बोच्चकै फैसलाको अपमान हुन्छ।अतस्राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा