काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले नयाँ सरकार गठनको लागि संविधानको ७६ (५) बमोजिम १ सय ४९ सांसदको दाबीलाई संसदमा परिक्षण नगरिनु संविधानको बर्खिलाप भएको उल्लेख गरेका छन् ।
सामाजिक संजालमा ट्वीट गर्दै नेता थापाले संविधानको बर्खिलाप गरेको निर्णय विरुद्ध अदालत नगए फागुन ११ गतेको सर्वोच्चको फैसलाको अपमान हुने समेत बताएका छन् । उनले भनेका छन्–‘राजनितिक लडाईसँगै हामी १४९ सांसद संवैधानिक हकको लागि अदालतमै उभिएर कानुनी लडाई लड्न तयार रहनुपर्छ ।’
ट्वीटरमा उनले प्रतिक्रिया यसरी व्यक्त गरेका छन्–‘१४९ सांसदको ७६ (५) बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्बोच्चकै फैसलाको अपमान हुन्छ।अतस्राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा